मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरभित्रका निर्वाचन प्रचार सामग्री हटाउन माग

बुधबार, २७ मङ्सिर २०७४, १६ : ५१
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं– काठमाडौं महानगरपालिका भित्रको निर्वाचन प्रचार सामग्री हटाउन सम्बन्धित राजनीतिक दलहरुलाई स्थानीयबासीले आग्रह गरेका छन् । स्थानीयबासीले निर्वाचन प्रचार सामग्रीले काठमाडौं महानगरपालिका कुरुप भएको उल्लेख गर्दै तत्काल हटाउन सम्बन्धित राजनीतिक दलहरुलाई आग्रह गरेका हुन् ।
निर्वाचनका बेला सडकमा टाँसिएका प्रचार सामग्री हटाउने दायित्व सम्बन्धित दलहरुकै भएको पनि महानगरबासीको भनाई छ । महानगरपालिकामा गत मंसिर २१ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रचार सामग्रीले कुरुप बनाएको छ । 
सडक भित्तामा विजुलीको पोलहरुमा समेत टाँसिएका प्रचार सामग्रीले सडक, गल्ली झनै फोहोर हुन गएको पनि स्थानीयले बताएका छन् । निर्वाचन सकिएपछि पनि राजनीतिक दलहरुले निर्वाचन प्रचार सामग्री हटाउने चासो नदिएपछि महानगरबासीहरु आफैले राजधानीको सौन्दर्य बिग्रन नदिन पनि राजनीतिक दलहरुले निर्वाचन प्रचार सामग्री हटाउनुपर्ने बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप