बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बतानिया एयरवेज्द्वारा काठमाडौ–कुवेत हवाईसेवा सुरू

बुधबार, २७ मङ्सिर २०७४, १६ : ४९
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं– कुवेतको निजी स्वामित्वमा रहेको बतानिया एयरवेज्ले २०१७ डिसेम्बर १३ देखि काठमाडौ–कुवेत उडान सुरु गरेको छ । सेवा सञ्चालन संगै बतानिया एयरवेज् कुवेतदेखि नेपाल सम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ । 

यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र दोस्रो नेपालबाट कुवेतमा कामका लागि जानेलाई सहजै सेवा दिने रहेको छ । एयरलाइन्सले आफ्नो सेवाको सुरुवाती कुवेत सम्मको दैनिक उडानका लागि मूल्य रु २३००० निर्धारण गरेको छ । 

तीन ए–३२० विमान सहितको वतानिया एयरवेज्ले विश्वभरका ११ गन्तव्य सम्मकालागि उडान सेवाउपलब्धगरिरहेको छ । साथै, कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्यविभिन्न स्थानकालागि सहज सञ्जालविस्तार गरिएको छ ।

‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्तहुनेछ’, वतानिया एयरवेज, काठमाडौंका लागि स्टेशन म्यानेजर रुपेश झाले भने,‘यसले नेपालीलाई कुवेतमा कामको थप अवसर समेत प्राप्त हुने विश्वास छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप