शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक वर्षमा बैदेशिक रोजगारीमा गएका ९ सय ५० को मृत्यु

बुधबार, २७ मङ्सिर २०७४, १६ : ४८
बुधबार, २७ मङ्सिर २०७४

 टंक कुवर

कैलाली–सन् २०१६ मा बैदेशीक रोजगारीमा गएका ९ सय ५० जनाको मृत्यु भएको एक तथ्यांकले देखाएको छ । नेपालबाट बिभिन्न देशमा बैदेशिक रोजगारीमा गएकामध्ये ९ सय ५० जना उच्च रक्तचाप,सडक दुर्घटना, आत्महत्या, बिभिन्न रोग, हत्या जस्ता कारणबाट मृत्यु भएको सामी परियोजनाको तथ्यांकले देखाएको हो । 
आप्रवासन सप्ताह २०१७ को अवसरमा संचार प्रतिष्ठान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा २०१४ फेब्रुवरी देखि हालसम्म बैदेशीक रोजगारीका क्रममा विदेश गएका ६४ जना बेपत्ता भएको जानकारी दिइएको छ । जसमध्ये सामी परियोजनाको पहलमा २५ जनाको उद्धार गरिएको र अन्यको खोजी भईरहेको परियोजना कैलाली संयोजक पंचराम चौधरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप