२ नम्बर प्रदेशको मुख्यमन्त्री मनिष कि जितेन्द्र ?
काठमाडौं–अति चर्चामा रहेको २ नम्बर प्रदेशमा राजपाका मनिष सुमन र जीतेन्द्र सोनलको नाम चर्चामा छ । मंसिर २१ मा भएको प्रदेशसभा निर्वाचनमा निर्वाचित भएसँगै यी २ नेता मुख्यमन्त्रीको दौडमा सबैभन्दा अघि देखिएका हुन् ।
मनिष सप्तरीको क्षेत्र नं २ को ख प्रदेश सभाबाट ८ हजार ९ सय ३०९ मत ल्याएर विजयी भएका हुन् ।
यस्तै सोनल वारा क्षेत्र नं ४ को ख बाट १३ हजार १ सय १८ मत ल्याएर विजयी भएका हुन् ।
उनीहरुले मत माग्ने क्रममा मुख्यमन्त्रीको रुपमा अघि नसारी समृद्ध मधेशको नारा नै प्रमुख बनाएका थिए । संविधान बनेपछि आन्दोलनमा उत्रेको मधेश बल्ल बल्ल शान्त भएको छ । आन्दोलनबाट भएका उपलब्धीलाई संस्थागत गर्ने सबै भन्दा सुर्वण अवसर अहिले मिलेको छ ।
कृषि र उद्योगधन्दाहरुको प्रमुख रहेको २ नै प्रदेशको विकास र समृद्धि अन्य प्रदेश भन्दा छिटो हुनसक्छ । तर कयौ क्षेत्रमा यो प्रदेश सुगम भएपनि पछाडि परेको छ । शिक्षा र स्वास्थ्यमा यो प्रदेश कयौं पहाडी प्रदेश भन्दा पछाडि देखिएको छ ।
अहिले सम्म राजधानी काठामाडौंले पछाडि पारेको विश्लेषण गर्ने मधेशवादी दलका नेताहरुको हातमा मधेशको वागडोर आएको छ । अबको पाँच बर्षमा मधेशको भाग्य र भविष्य बदल्ने जिम्मा पाएका नेताहरुले अब व्यवहारमा नै देखाउने सयम आएको छ ।
यसमा मनिष सुमन र जितेन्द्र सोनल जसले मुख्यमन्त्रीको नेतृत्व पाएपनि मधेशका पीडालाई सदाको लागि हटाउने चुनौति र अवसर दुबै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
-
कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन