शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२ नम्बर प्रदेशको मुख्यमन्त्री मनिष कि जितेन्द्र ?

बुधबार, २७ मङ्सिर २०७४, १६ : ४४
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं–अति चर्चामा रहेको २ नम्बर प्रदेशमा राजपाका मनिष सुमन र जीतेन्द्र सोनलको नाम चर्चामा छ   ।  मंसिर २१ मा भएको प्रदेशसभा निर्वाचनमा निर्वाचित भएसँगै  यी २ नेता मुख्यमन्त्रीको दौडमा सबैभन्दा अघि देखिएका हुन् । 

मनिष सप्तरीको क्षेत्र नं २ को ख प्रदेश सभाबाट ८ हजार ९ सय ३०९ मत ल्याएर विजयी भएका हुन् ।  

यस्तै  सोनल वारा क्षेत्र नं ४ को ख बाट १३ हजार १ सय १८ मत ल्याएर विजयी भएका हुन् । 

उनीहरुले मत माग्ने क्रममा मुख्यमन्त्रीको रुपमा अघि नसारी  समृद्ध मधेशको नारा नै प्रमुख बनाएका थिए । संविधान बनेपछि आन्दोलनमा उत्रेको मधेश बल्ल बल्ल शान्त भएको छ । आन्दोलनबाट भएका  उपलब्धीलाई संस्थागत गर्ने सबै भन्दा सुर्वण अवसर अहिले मिलेको छ । 

 कृषि र उद्योगधन्दाहरुको प्रमुख रहेको २ नै प्रदेशको विकास र समृद्धि  अन्य प्रदेश भन्दा छिटो हुनसक्छ । तर कयौ क्षेत्रमा यो प्रदेश सुगम भएपनि पछाडि परेको छ । शिक्षा र स्वास्थ्यमा यो प्रदेश कयौं पहाडी प्रदेश भन्दा पछाडि देखिएको छ ।

अहिले सम्म राजधानी काठामाडौंले पछाडि पारेको विश्लेषण गर्ने मधेशवादी दलका नेताहरुको हातमा मधेशको वागडोर आएको छ । अबको पाँच बर्षमा मधेशको भाग्य र भविष्य बदल्ने जिम्मा पाएका नेताहरुले अब व्यवहारमा नै देखाउने सयम आएको छ । 

यसमा मनिष सुमन र जितेन्द्र सोनल जसले मुख्यमन्त्रीको नेतृत्व पाएपनि मधेशका पीडालाई सदाको लागि हटाउने चुनौति र अवसर दुबै रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप