शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अब एउटै सरकार पाँच वर्षसम्म चल्छः महासचिव पोख्रेल

बुधबार, २७ मङ्सिर २०७४, १६ : ४२
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौँ- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै राजनीतिक दल मिलेर देशको विकास गर्ने बताएका छन् ।  आज टोखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिस्पर्धा सकिएकाले अब जनमतलाई कदर गर्दै सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताए । उनले वाम गठबन्धनले दुईतिहाइको सरकार बनाई मुलुकमा कायापलट ल्याउने बताए । 

“हामी घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गर्दछौँ”, उनले भने, “भ्रष्टाचारको अन्त्य गर्दै देश र जनता विरोध काम नगरी जनताको शिर झुक्ने दिने छैनौँ ।” उनले वाम गठबन्धनपछि अब वाम एकता चाँडै हुने भन्दै एकतालाई कसैले रोक्ने प्रयास नगर्न आग्रह गरे । 

काठमाडौँ क्षेत्र नं ५ मा विजय हुनुभएका महासचिव पोखरेलले आफूले कुनै पनि विकास निर्माणलाई कति पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले मतदाताको सुझावका आधारमा आफूले उक्त निर्वाचन क्षेत्रमा काम गर्ने बताए ।  निर्वाचनको परिमाणले राजनीतिक स्थायित्व दिएको भन्दै उनले भने, “अब सरकारले ६–६ महिना नभई पाँच वर्षसम्म एउटै चल्नेछ ।”  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप