आफन्तदेखि विदेशमा बस्नेसम्मलाई ठगी गर्ने तुलबहादुर पक्राउ
काठमाडौं–सिन्धुपाल्चोक माङ्खा –७ का ३३ वर्षीय तुल बहादुर तामाङलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । संखुवासभा माकल गाउँपालिका (५ की मनकला गुरुङलाई फेसबुक मार्फत साथी बनाउँदै बिहेसमेत गरेर उनका आफन्तबाट ठगी गरेको उजुरीको आधारमा प्रहरीले मांखास्थित घरबाटै पक्राउ गरेको हो ।
ठग्ने उद्देश्यले नै गुरुङलाई फेसबुकमार्फत सम्पर्क बढाएको र बिहेपछि गुरुङको नातेदार राजेश गुरुङ र कैलास गुरुङलाई अमेरिकी आर्मीमा जागिर लगाईदिन्छु भनी प्रलोभन देखाई २१ लाख ठगेको प्रहरीको भनाई छ ।
उनले लेवनानमा रोजगारीमा रहेकी सिन्धुपाल्चोक घर भएकी श्रृजना दोङ्गसँग अमेरीका लैजाने भनी ९ लाख, दोङ्गलाई नै क्यानडा जाने मानिस खोज्न लगाई भाई संजय दोङ्ग र मिम लामाबाट समेत १३ लाख तथा साईप्रसमा रोजगारीमा रहेकी कुसुम लामाबाट समेत क्यानडा लग्ने भन्दै ९ लाख ठगेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
महानगरीय अपराध महाशाखाले उनलाई मुलुकी ऐन ठगी महल बमोजिम अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता