शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकासँग यसरी ब्ल्याकमेल गर्छ उत्तर कोरिया

बुधबार, २७ मङ्सिर २०७४, १४ : ४५
बुधबार, २७ मङ्सिर २०७४

प्रोफेसर मुक्तदर खान, अन्तर्राष्ट्रिय मामलका जानकार
काठमाडौँ । ‘उत्तर कोरियासँग अमेरिका कुनै शर्त विना वार्ताका लागि तयार छ,’ – यो भनाई अमेरिकी विदेश मन्त्री रेक्स टेलरसनको हो ।

अमेरिका पहिलादेखि यो भन्दै आएको थियो कि, उत्तर कोरिया जबसम्म आफ्नो परमाणु र मिसाइल कार्यक्रम छाड्दैन, तजसम्म उसँग छलफल हुँदैन । तर, अब अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनको यो भनाईलाई उत्तर कोरियाका विषयमा अमेरिको नीतिमा आएको ठूलो परिवर्तितका रुपमा पनि हेरिएको छ ।

उत्तर कोरियामा पनि यसलाई अमेरिकी नीतिमा आएको ठूलो परिवर्तनका रुपमा हेरिएको छ । अमेरिका र उत्तर कोरियाका बीचमा यसबीच दुई कुरा भएका छन् । यसअघि कुटनीतिक कोशिषको एउटा मात्र उदेश्य उत्तर कोरियालाई आफ्नो परमाणु र मिसाइल कार्यक्रम पुरै बन्द गराउनका लागि हुन्थ्यो ।

तर, अहिले उत्तर कोरियाको हथियार कार्यक्रम वैज्ञानिक र प्राविधिक तरिकाले पछिल्लो एक बर्षमा धेरै विकसित भएको छ । उत्तर कोरियाको हथियारले पहिलाको तुलनामा अब धेरै टाढा र अचूक तरिकाले हमला गर्न सक्छ । अमेरिकाको उत्तरी क्षेत्र अब उत्तर कोरियाको आक्रमणको क्षमताभित्र आउँछ ।

यसले अमेरिकी अब बाध्यत्मक अबस्थामा आएको छ कि जहाँ ऊ अब युद्ध पनि गर्न सक्दैन । र, यदि युद्ध भइहाल्यो भने पनि उत्तर कोरियाले गुआम या अलास्काजस्ता अमेरिकी क्षेत्रमा हमला गर्न सक्ने सम्भावना छ । यसकारण अमेरिकाले बाध्यतावस वास्तविकता स्वीकार गर्नुपरेको छ ।

अर्को कुरा, अमेरिकामाथि दक्षिण कोरियाका तर्फबाट धेरै दवाव छ । दक्षिण कोरियाले अमेरिकासँग भनिरहेको छ कि राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथिको आफ्नो आक्रमक नीतिमा केही नरमपन ल्याउन ।

यदि गल्तीबाट युद्ध भयो भने शुरुको आधा घण्टाभित्रमा नै राजधानी सोलमा लाखौ मानिस मर्न सक्ने त्रासमा दक्षिण कोरिया छ । दक्षिण कोरिया जनसंख्याको ठूलो हिस्सा राजधानी सोल र त्यसको आसपास बस्छन् ।

युद्ध भयो भने दक्षिण कोरियाले आफ्नो नागरिकलाई बचाउन कठिन छ । एक त उत्तर कोरिया सोलमाथि मिसाइल हमला गर्न सक्छ, जुन प्योङयाङमा तैनाथ छन् । 
यही दुई कारण रेक्स टिलरसन उत्तर कोरियासँग विना शर्त कुरा गर्न चाहन्छन् ।

कोरियायी प्रायदीप पछिल्लो साता निकै सक्रिय रह्यो । उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्र संघका प्रतिनिधि फिर्ता भए भने अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सवैभन्दा ठूलो सैन्य अभ्यास गरे ।

यति हुँदाहुँदै पनि रेक्स टेलरसनले उत्तर कोरियाका शासक किम जोङ उनसँग आग्रह गरिरहेका छन् । अमेरिका उत्तर कोरियालाई छलफलमा आउँदा दुवै देशलाई फाइदा हुन सक्छ भन्ने सन्देश दिन चाहन्छ । यो एक तरिकाले अमेरिकाको इज्जत बचाउने उपाय पनि हो ।

युद्धको फाइदा कसैलाई पनि हुने अवस्था छैन । यदि गल्तीले पनि युद्ध भयो भने दुवै कोरिया ध्वस्त हुनेछन् । उत्तर कोरियाले पनि गुआमजस्ता अमेरिकी अड्डामा हमला गरेर ठूलो नोक्सानी पुर्याउन सक्छ । गुआममा अमेरिकाको ठूलो सैन्य अखडा छ, जहाँ हजारौको सख्यामा सेना तैनाथ छन् । ।

उत्तर कोरिया चाहन्छ कि कोरियायी प्रायदीपमा अमेरिका आफ्नो प्रभुत्व बनाइराख्न बाध्य भएर प्योङयाङमाथि वित्तिय छुट देहोस् । यसलाई अर्को शब्दमा भन्नुपर्दा उत्तर कोरिया अमेरिकासँग ब्ल्याकमेलिङ गरिरहेको छ ।

यदि उसलाई यस्तो छुट भएन भने यो क्षेत्रमा उत्तरले अमेरिकाको खेल बिगार्न सक्छ । फलस्वरुप अमेरिकाले उत्तर कोरियालाई आर्थिक, कृषि र अन्य दैनिक आबश्यकताका बस्तुमा छुट दिएर त्यसको बदलामा प्योङयाङलाई आफ्नो परमाणु तथा मिसाइल कार्यक्रम रोक्न वा केही प्रविधि प्रयोग छाड्न दबाब दिन सक्छ ।

रुस र चीन
कोरियाली देशको झगडा यहीँ पुगेर सकिदैन । यसका लागि जरुरी वार्ताको हुन्छ । यहाँ चीन पनि उपस्थित छ तर उसको कुटनीतिक उपस्थिति असरदार छैन । बरु एक ताजा घटनाक्रममा रुस पनि कोरियायी राजनीतिमा सहभागी भएको देखिन्छ ।

अमेरिकाका लागि यो प्रतिकुल स्थिति हो । रुस र चीनले उत्तर कोरियाको समर्थन गरे अमेरिकामा थप दवावमा आउनेछ । अमेरिकासँग यो समस्या पनि छ कि उसको तर्फबाट ठोस प्रस्ताव केही आएको छैन, जो छलफलको विषय होस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप