शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पराजित उम्मेदवारको घरमै पुगे विजयी उम्मेदवार

बुधबार, २७ मङ्सिर २०७४, १४ : २९
बुधबार, २७ मङ्सिर २०७४

महोत्तरी–महोत्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर–१ बाट पराजित उम्मेदवार सीताराम भण्डारीले बिजयी उम्मेदवार गिरीराजमणि पोखरेललाई बधाई दिएका छन् । 

नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहरेका भण्डारी ९ हजार ४ सय ७५ मत ल्याएर पोखरेल सङ्ग पराजित भएका थिए । 

मतदाताको घरघरमा पुगेर आभार व्यक्त गर्ने क्रममा पोखरेल आफ्नो प्रतिस्पर्धी भण्डारीलाई भेट्न गौशाला नगरपालिका १० भरतपुर स्थित भण्डारीको निवासमा नै पुगेका हुन्  ।

 संयुक्त बाम गठबन्धनका साझा उम्मेदवार पोखरेल घरैमा भेट्न आएपछि भण्डारी  भावुक भएका थिए । उनले पोखरेलको प्रसंशा गर्दै पोखरेल सदाबहार नेता भएको  उल्लेख  गरे ।

भेटमा भण्डारीले पोखरेललाई जनताले दिएको मतको कदर गर्न आग्रह पनि गरे । जवाफमा  पोखरेलले जनताले दिएको जनमतको सम्मान गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप