शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् नेगेटिभ भूमिकामा देखिने बलिउडका ग्ल्यामरस गर्ल

बुधबार, २७ मङ्सिर २०७४, १४ : २३
बुधबार, २७ मङ्सिर २०७४

मुम्बई – भारतीय टेलिभिजन च्यानलबाट एकसे एक सिरियलहरु प्रसारण भइरहेका छन् ।
 

ती सिरियलमा नेगेटिभ भूमिका दमदार देख्न पाइन्छ । ती नेगेटिभ भूमिकामा अभिनय गर्ने कलाकार बिना सिरियलको कल्पना पनि  नगर्दा हुन्छ । अभिनयमा नेगेटिभ भूमिका निर्बाह गर्दै आएका ती कलाकार ग्ल्यामरको मावलामा मुख्य अभिनेत्रीलाई पनि पछि पार्ने खालका छन् । आजको चर्चाको बिषय बलिउडका ती अभिनेत्री हुन् । जो पर्दामा डरलाग्दा खल भूमिकामा देखिन्छन् । तर बास्तबिक जीवनमा भने निकै ग्ल्यामरस र सेक्सी छन् ।

अदा खानः
‘नागिन’ सिरियलमा नेगेटिभ भुमिकामा देखिने अदा बास्तबिक जीवनमा निकै सुन्दर रहेकी छन् । उनको सुन्दरता जो केहीलाई मोहित बनाउने खालको छ । अदा निकै चर्चित कलाकार पनि हुन् ।


रश्मि देसाईः 

‘उतरन’मा नेगेटिभ भुमिका निर्बाह गर्ने रश्मिको चर्चा दिन प्रतिदिन चुलिदो छ । क्लिन लुक र आकर्षक मुस्कानका साथ केही रियालटी शोमा समेत देखिने उनका एक नजर पाउन दर्शक पागद हुने गरेका छन् ।

जेनिफर विगेटः

जेनिफर सिरियलमा अक्सर चतुर र चलाख बुहारीको भुमिकामा देखिने गरेकी छन् । जो आफ्नै सासुसम्मको हत्याको योजना बनाउन पछि पर्दिनन् । जेनिफर पर्दामा यति राम्री देखिन्छिन् कि उनको नेगेटीभ भुमिका भन्दा पनि दर्शक उनको सुन्दरतामा मोहित हुने गरेको पाइएको छ । 

अनीता हसनंदानीः

आकर्षक ओठ र गालामा कोठी भएकी अनिताको सौदर्यको अगाडि नेगेटीभ भुमिका गौण रहने गरेको छ । सोसल मिडियामा उनले शेयर गर्ने तस्बिर हेर्ने हो, भने दर्शकले भए भरको लाइक उनको तस्बिरमा ठोक्ने गरेका छन् । ‘ये है मोहब्बते’ सिरियलमा नेगेटिभ भुमिकामा उनी देखिन थालेको धेरै भयो ।

लीना जुमानीः

सिरियल ‘कुमकुम भाग्य’मा दुई ब्यक्तिका बिच फाटो ल्याउने तनुको भुमिकामा छिन् लीना । सौदर्यको मावलमा यो सिरियलमा मुख्य भुमिकामा देखिने कलाकार भन्दा लीना अगाडि छन् ।

सुधा चन्दनः

सुधा ‘कही किसी रोज’ नामक सिरियलमा देखिने गरेकी छन् । उनी प्रोफेसनल डान्सर पनि हुन् । सिरियल अभिनयमा पनि उनी देखिदै आएकी छन् । अभिनयमा उनले दिएको एक्सप्रेसको तुलना कुनै अभिनेत्री गर्न सकिन्न ।

उर्वशी ढोलकियाः

उवशी सिरियलकी ‘कोमोलिका’ हुन् । कोमोलिकाको भुमिकाबाट उनले सिरियलमा खलनायकको अलग पहिचान बनाउन सफल रहेकी छन् । चर्चित सिरियल ‘कसौटी जिन्दगी’मा उनी भिलेनको भुमिकामा थिइन् । यो सिरियलका लागि उनले गर्ने मेकअप र लगाउने सारी अहिले पनि बलिउडका पार्टी इभेन्टका लागि चर्चित छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप