बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा नेपाली ‘फिर्के’

बुधबार, २७ मङ्सिर २०७४, १३ : ५६
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं – २१ पुसबाट स्वदेशमा प्रदर्शन हुने चलचित्र ‘फिर्के’ अमेरिकाबाट पनि प्रदर्शित हुने भएको छ । चलचित्र अमेरिका प्रदर्शनका लागि लक्षिन फाउण्डेशनसँग सम्झौता भएको प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकरले जानकारी दिए ।

फाउण्डेशनका अध्यक्ष लक्षिन गुरुङका अनुसार चलचित्र आगामी फेब्रुअरीमा अमेरिकाका बिभिन्न स्टेटमा लाग्ने छ । अभिनयमा ‘ईकु’ नामको परिचय बनाएका कलाकार सुलेमान शंकरको प्रस्तुति रहेको ‘फिर्के’ रवि डंगोलले निर्देशन गरेका हुन् ।

गाउँदेखि शहर पसेको एक सिधा युवाको कथामा बनेको चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्वोल भण्डारी लगायतका कलाकारहरुको अभिनय चलचित्रमा देख्न सकिन्छ ।

चलचित्रका निर्माता ओमलाल गुरुङ र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ भने अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप