शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी नेता भट्टको प्रतिक्रियाः सरकार निर्माणलगत्तै पार्टी एकीकरण हुन्छ

बुधबार, २७ मङ्सिर २०७४, १३ : ३९
बुधबार, २७ मङ्सिर २०७४

धनगढी–कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद लेखराज भट्टले सरकार निर्माणपछि मात्र पार्टी एकीकरण हुने बताएका छन् ।
आज कैलालीको अत्तरियास्थित आफनै निवासमा आयोजित मतदातालाई बधाई दिन आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

सम्मेलनमा बोल्दै उनले पहिला सरकार निर्माण गरेपछि मात्र पार्टी एकीकरण गर्दा कुनै झमेला नहुने बताए ।  उनले जसरी वाम गठबन्धनको तालमेल गरी दुई पार्टी निर्वाचनमा होमिए त्यसरी नै पार्टी एकीकरणमा पनि होमिनुपर्नेमा जोड दिए । 

निर्वाचनमा मतदातासँग घोषणापत्रको आधारमा मत मागेको उल्लेख गर्दै नेता भट्टले घोषणापत्रमा उल्लेख गरिएका विकासका कुराहरु तीन चरणमा लागि कार्यान्वयनमा ल्याउने बताए । उनले घोषणापत्रमा उल्लेख गरिएका कुराहरु तत्कालीन, अल्पकालीन र दिर्घकालीनको रुपमा बर्गीकरण गरी कार्यान्वयन गरिने स्पष्ट पारे   ।

उनले मतदातासमक्ष प्रतिबद्धता गरेका कुरा यथाशक्य कार्यान्वयन गर्ने दृढतासमेत व्यक्त गरे । उनले जनसंख्या, भूगोल र सामाजिक, आर्थिक, राजनीतिक अनूकुलको क्षेत्र अत्तरियानै भएकोले प्रदेश नं सातको राजधानी अत्तरियानै हुने बताए ।

यस क्षेत्रका अल्पसंख्यक पछाडी परेका जनताको अधिकार सुनिश्चितताका लागि लाग्ने र थारु बाहुल्यता भएको क्षेत्रलाई थारु स्वायत्तता र अधिकार सम्पन्न क्षेत्रको रुपमा घोषणा गर्न पछि नपर्नेे नेता भट्टले स्पष्ट पारे । पूर्वमन्त्री समेत रहेका भट्टले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमो सम्पन्न भएको भन्दैे चुनावमा उत्साह पूर्वक मतदाताले मतदान गरेकोमा खुसी व्यक्त गरे ।  

नेकपा माओबादी केन्द्र प्रदेश नम्बर सातका इन्चार्ज समेत रहेका भट्टले अझै पनि सूदुरपश्चिमेली जनता जातिवातका विरुद्ध लड्न नसक्नु, सदभाव कायम गर्न नसक्नु र थारु जनजाति समुदायलाई स्पष्ट पार्न नसक्नुले अझै जातिबादको मुद्दाले प्रसय पाइरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप