शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१०० वर्षमाथिका मतदाताः जसले खसाले भोट

बुधबार, १४ असार २०७४, १० : ३५
बुधबार, १४ असार २०७४

काठमाडौं– वैतडी जिल्लाको सुरनया गाँउपालिकाको भूमिराज नि.मा.वि. मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गरेका छन् । 
 त्यसैगरी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी जेष्ठ नागरिक १०५ वर्षीय कलशी भट्टले भूमिराज नि.मा.वि., तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेकी छिन् । 
यस्तै गुल्मीमा पनि १०१ वर्षीया तुलसादेवी अर्यालले मतदान गरेकी छिन् । 
गुल्मीको इस्मा गाउँपालिका– ५ रामराज्य मावी केन्द्रमा  उनले मत खसालेकी हुन् । 
दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाँउपालिकामा गरी १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप