बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

५३ लाख मत गन्दा तीन पार्टीले मात्रै कटाए थ्रेसहोल्ड

बुधबार, २७ मङ्सिर २०७४, १० : ५०
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौैं– समानुपातिकतर्फको आधा मत गनिसक्दा ३ प्रतिशत थ्रेसहोल्ड कटाउनेमा तीन पार्टी मात्रै भएका छन् । 

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाले बुधबार बिहान साढे १० बजे  दिएको जानकारीअनुसार हालसम्म ५३ लाख ३९ हजार ८२३ मतगणना सम्पन्न हुँदा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रमात्रै थ्रेसहोल्ड कटाउन सफल भएका छन् । 

अहिलेसम्म नेकपा एमालेले १८ लाख ७२ हजार २९९ मत पाएको छ भने नेपाली कांग्रेसले १७ लाख ८४ हजार ५४७ र नेकपा (माओवादी केन्द्र) ले ७ लाख २८ हजार ७८१ मत पाएर थ्रेसहोल्डको सीमा पार गरेका छन् । 

त्यस्तै समानुपातिकमा चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम, नेपालले आधामत गनिसक्दा २ लाख ३० हजार ७५६ पाएको छ । उसलाई अझै थ्रेसहोल्ड पार गर्न झण्डै ७० देखि ७३ हजार मत आवाश्यक छ । 

उता, राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिकको आधामत गणना भइसक्दा १ लाख ७२ हजार ३३७ मात्र ल्याएको छ । यहि रेसियोमा उसका मत थपिए उसलाई पनि थ्रेसहोल्ड कटाउन समस्या देखिदैन तर, प्राय तराइ मधेसका जिल्लाको समानुपातिक मत गणना अन्तिम अवस्थामा पुगेकाले उसलाई अझै झण्डै एकलाख ३० हजारको हाराहारीमा मत ल्याउन कठिन हुने देखिन्छ । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २६ हजार ३२ मत मात्र ल्याएको छ । उसका लागि अझै थ्रेसहोल्ड कटाउन एक लाख ७५ हजार मत आवाश्यक छ ।  विवेकशील साझा पार्टीले १ लाख १६ हजार २९०, नयाँ शक्ति पार्टी, नेपालले ५४ हजार ४०१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ४१ हजार ६५९ र राष्ट्रिय जनमोर्चाले ३४ हजार ४३६ र अन्य दलले १ लाख ७८ हजार २४५ मत प्राप्त गरेका छन् ।

समानुपातिकतर्फ जम्मा १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेको छ । यसमा ५ प्रतिशत मत बदर भएपनि एक करोड मत सदर हुन्छ । यहि अनुपातमा ३ प्रतिशत कटाएर राष्ट्रिय पार्टी बन्न तीन लाख मत अनिवार्य हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप