बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रेनो सर्भिस क्याम्प अब तपाईको शहर

बुधबार, २७ मङ्सिर २०७४, १० : ३४
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं– रेनो नेपालका लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रा. लि. ले उपभोक्ताको सुबिधाको लागि ‘रेनो सर्भिस क्याम्प’ मंसिर २६ गते देखि संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प पुष २० गतेसम्म नेपालका बिभिन्न शहरहरुमा आयोजना हुनेछ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउनेछन् ।

रेनोले यो सर्भिस क्याम्पको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ राखेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुबिधा दिने छ । यसबाट बिक्रीपछिको सेवामा रेनोको उपस्थिति बलियो हुने बताइएको छ ।

यो सर्भिस क्याम्प नेपालका मुख्य शहरहरुमा संचालन हुने छ । जसमा शाहारा अटोमोवाईल्स एण्ड कम्पनी प्रा. ली बिर्तामोड झापा ( मंसिर २६ र २७ ) गते, महाबिर अटोमोवाइल्स बिराटनगर (मंसिर २८ र २९), न्यु नारायणी मोर्टस् जनकपुर (पुष २), युनाइटेड अटो कन्र्सन नारायणगढ (पुष ४ र ५), जुपिटर ह्वल्स बुटबल (पुष ७ र ८), भैरहवा अटो कम्पनी भैरहवा (पुष ९ र १०), जोशी अटो भिल्ला दाङ (पुष १२), बगेश्वरी ट्रेड इन्टरनेशनल, नेपालगंज (पुष १४), विषेश माटोकर्प प्राली. धनगढी (पुष १६) र जोन्छेन ट्रेर्डस पोखरा (पुष १९ र २०) यी बिभिन्न शहरमा आयोजना हुदैछ ।

यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले बिभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निश्ल्क दिइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप