शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तेजना भड्काएको आरोपमा पप स्टारलाई जेल

बुधबार, २७ मङ्सिर २०७४, १० : २३
बुधबार, २७ मङ्सिर २०७४

कायरो । इजिप्टको अदालतले एक पप गायिकालाई दुई वर्षको जेल सजाय सुनाएको छ । यी गायिका एक म्युजिक भिडियोमा भित्रीवस्त्र मात्र लगाएर केरा खाइरहेको देखिएकी थिइन् ।

२५ वर्षीया शायमा अहमदलाई अघिल्लो महिना पक्राउ गरिएको थियो । उनीमाथि आरोप थियो कि उनको म्यूजिक भिडियो अश्लील र उत्तेजना भड्काउने खालको छ ।

स्थानीय मिडियाका अनुसार मंगलबार सायमालाई अश्लील भिडियो बनाएको आरोपमा दोषी पाइयो ।

अदालतले यस भिडियोका निर्देशकलाई पनि दुई वर्षको जेल सजाय तोकेको छ ।

यद्यपि, गिरफ्तारी अघि नै सायमाले यस विषयमा माफी मागी सकेकी थिइन् ।

उनले आफ्नो फेसबुक पेज (यो अहिले डिलिट भइसकेको छ) मा लेखेकी थिइन्, ‘मैले कहिले पनि सोचिन कि यस्तो हुनेछ र मैले मानिसहरुको यस्तो हमलाको सामना गर्नुपर्नेछ ।’

शायमा अहमद आफ्नो म्युजिक भिडियोमा उत्तेजक तरिकाले फल खाइरहेको देखाइएको थियो । भिडियोमा उनले वयस्क छात्रहरुले भरिएको एउटा कक्षामा पढाउँदै गरिएको खेलाइएको थियो ।

इजिप्टको जनता र सरकारलाई शायमाको फल खाने तरिका अश्लील र समाजको लागि हानिकारक लाग्यो । त्यसपछि उनलाई पक्राउ गरियो ।

यसको साथै उनलाई कतै पनि प्रस्तुति दिन रोक लगाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप