शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

६ वर्षका बालकको कमाई १ अर्ब रुपैयाँभन्दा बढी

बुधबार, २७ मङ्सिर २०७४, ०९ : ५४
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौँ । एउटा ६ वर्षीय बालकले कति आम्दानी गर्छ ? तपाईं भन्नुहोला यस्तो सानो उमेर बच्चा काम गर्छ र ?

तर, रायन हरेक हप्ता युट्युवमा खेलौनाको समिक्षा गर्छन् र यसको बदला उनले राम्रो आम्दानी गरिरहेका छन् ।

रायनले अघिल्लो वर्ष ११ मिलियन अमेरिकी डलर कमाई गरेका थिए । जनु नेपाली रुपैयाँमा १ अर्बभन्दा बढी हुन आउँछ ।

युट्युवमा रायनको भिडियो करोडौँले हेर्छन् । उनको रायन टोयजरिभ्यु नामको एउटा युट्युव च्यानल रहेको छ ।

स्टारको सूचीमा नाम

यस युट्युव च्यानलमार्फत रायन आफ्ना भ्युअर्सहरुलाई खेलौनाको दुनियामा लैजान् । फोर्ब्स पत्रिकाले उनलाई सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने स्टारको सूचीमा राखेको छ ।

सन् २०१५ को मार्चमा शुरु गरिएको रायन टोयजरिभ्युका भिडियोहरु १६ अर्बभन्दा धेरै पटक हेरिसकिएको छ ।

यति चर्चित भए पनि रायनको बारेमा धेरै जानकारी कसैलाई थाहा छैन । उनको पूरा नाम के हो ? कहाँ बस्छन् ? भन्ने थोरैलाई मात्र थाहा छ । मात्र यति थाहा छ कि उनी अमेरिकी हुन् ।

युट्युव च्यानल

हालै वासिङ्टन पोष्टमा रायनको आमाले दिएको अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘युट्युव च्यानलको सोच उनी तीन वर्षको उमेर हुँदा नै आएको थियो । रायन सानो उमेरदेखि नै खेलौनाको समिक्षा गर्ने टिभी च्यानलहरु खुब हेर्थे ।’

रायनकी आमाले आफ्नो परिचय नखुलाउने सर्तमा भनिन्, ‘एक दिन रायनले मलाई भन्यो कि किन ऊ अन्य बच्चाहरु जस्तो युट्युवमा छैन । त्यही बेला हामीलाई लाग्यो कि हामी पनि यो गर्न सक्छौँ । हामी तुरुन्तै खेलौनाको पसलमा गयौँ र एक लेगो ट्रेन किनेर त्यहाँबाट शुरु गर्यौँ ।

रायनको एउटा भिडियो ८० करोडभन्दा धेरैले हेरेका छन् । मार्च, २०१५ बाट शुरु भएको च्यानलले सन् २०१६ को जनवरीसम्ममा १० लाखभन्दा धेरै सब्सक्राइबर्स पाइसकेको थियो । हाल रायनको च्यानलमा १ करोडभन्दा धेरै सब्सक्राइबर्स रहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप