शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका जाँछैछन् नेपाल आइडलका बुद्ध, निशान र प्रताप

बुधबार, २७ मङ्सिर २०७४, ०९ : ३९
बुधबार, २७ मङ्सिर २०७४

वाशिंगटन, अमेरिका - नयाँ बर्ष २०१८ को लागि नेपाल आइडलका तीन विजयी बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रमको लागि अमेरिका आउने भएका छन् । 

केटिएम इनटरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम नया बर्ष २०१८ को अवसरमा अमेरिकाका बिभिन्न राज्यका शहरमामा प्रस्तुत हुनेछ ।

यसअघि नेपाल आइडलका तीन बिजयीले नेपाली समुदायको जन घनत्व बढी भएका अन्य देशहरुमा आफ्नो प्रस्तुति देखाई सकेका छन् । 

जनवरी ११ देखि फेब्रुअरी १८ सम्म अमेरिकाका बिभिन्न शहरमा कार्यक्रम हुनेछ ।

कहाँ कहिले हुँदैछ कार्यक्रम ?
-जनवरी ११ न्युयोर्कको मेलरोज बलरुम
-जनवरी २१ बोस्टन को वनडरल्याण्ड बलरुम
-जनवरी २६ मेरिल्याण्डको टाउसनको टोरेन्ट लंज र
-जनवरी २७ भर्जिनियाको अर्न्स्ट कम्युनिटी कल्चर सेन्टर 
-फेब्रुअरी २ टेक्ससको ड्यालसको हाउस अफ ब्लु
-फेब्रुअरी ३ अस्टिनको सहारा लंज
-फेब्रुअरी १० ह्युस्टनको हाउस अफ ब्लु 
-फेब्रुअरी ८ क्यालिफोर्नियाको ओकल्याण्डको ओकल्याण्ड स्कोटिस रुल 
-फेब्रुअरी ९ क्यालिफोर्नियाको सन्फ्रानसिस्कोको मेजानिन
-फेब्रुअरी १० लस एन्जेलस को एलरे थेटर
-फेब्रुअरी १६ वाशिंगटन को शोर्लिन कन्फेरेन्स सेन्टर
-फेब्रुअरी १७ मिजौरी को दि पिजेन्ट
-फेब्रुअरी १८ मिनासोटाको अर्फीम थेटर 

सबै स्थानमा साँझ ६ बजेदेखि कार्यक्रम हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप