बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पा: कलाकारको जिल्ला

बुधबार, २७ मङ्सिर २०७४, ०९ : २२
बुधबार, २७ मङ्सिर २०७४

पाल्पा - पाल्पा जिल्ला एउटा कलाकारको खानीको जिल्लाको रुपमा चिनिन्छ । अभिनयमा होस या गायन क्षेत्रमा । महानायक राजेश हमाल, धिरन शाक्या, नारायण रायमाझि, बद्री पङगेनी, अर्जुन कौशल, श्रीरिस देवकोटा, स्मृति तिमिल्सिना जस्ता नेपालका हस्ती कलाकारलाई पाल्पाले जन्म दिएको हो ।

शिक्षा, स्वास्थ्य र पर्यटनको नारा बोकेको पाल्पा जिल्ला कलाकारको जिल्लाको रुपमा पनि चिनिदै आएको छ । जिल्लामा साना ठुला गरी सयांै कलाकार जन्मि सकेका छन् ।

विवेक बलाल मगर
पाल्पाका कलाकार मध्ये एक हुन् विवेक बलाल मगर । पछिल्लो समय उनी मोडलिङ्ग क्षेत्रमा भविष्य खोज्दै छन् । रुपन्देहीमा बसेर लामो समयसम्म उनले मोडलिङ्ग क्षेत्रका काम गर्दै आएका छन् । 

उनीको जन्म पाल्पाको साविक मदनपोखरा गाविस वडा नं.९ दमकडामा भएको हो । अध्ययनका लागि रुपन्देही पुगेका बलाल आफ्नो कर्म मोडलिङ्ग क्षेत्र रहेको बताउँछन् । 

मोडलिङ्ग यात्रा
उनको मोडलिङ्ग यात्रा मिस्टर कलेज लुम्बिनीमा सहभागिताबाट सुरु भएको हो । मिस्टर कलेज लुम्बिनीमा भ्यूअर च्वाइस विधाबाट उनी विजेता भए । लुम्बिनी अञ्चललाई प्रतिनिधित्व गर्दै पाल्पाबाट मिस्टर मोडल नेपालमा भाग लिएका उनी टप सेभेनमा परी मोस्ट कन्जेन्सीटि टाइटल विनर भए ।

योजना
अहिले उनले जिल्लाका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर मिस कलेज प्रतियोगीता गर्दै छन् । आफ्नो मोडलिङ्ग यात्रालाई अब व्यवसायिक रुपमा संचालन गर्ने योजना बनाएका छन् । 

-सुवास विश्वकर्मा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप