शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देशको विभिन्न शहरमा रेनो सर्भिस क्याम्प हुँदै

मङ्गलबार, २६ मङ्सिर २०७४, १९ : २१
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं – रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रा. लि. ले आफ्नो उपभोक्ताको सुबिधाको लागि ‘रेनो सर्भिस क्याम्प’ यहि मंसिर २६ गतेदेखि संचालनमा ल्याएको छ ।

 यो सर्भिस क्याम्प पुष २० गतेसम्म नेपालका बिभिन्न शहरहरुमा आयोजना हुने छ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् ।

रेनोले सर्भिस क्याम्पको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ राखेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुबिधा दिने छ । यसबाट बिक्रीपछिको सेवामा रेनोको उपस्थिति बलियो हुने कम्पनीले विश्वास लिएको छ । 

सर्भिस क्याम्प नेपालका मुख्य शहरहरुमा संचालन हुने छन् । जसमा शाहारा अटोमोवाईल्स एण्ड कम्पनी प्रा.लि. बिर्तामोड झापा ( मंसिर २६ र २७ ) गते, महाबिर अटोमोवाइल्स बिराटनगर (मंसिर २८ र २९), न्यु नारायणी मोर्टस् जनकपुर (पुष २), युनाइटेड अटो कन्र्सन नारायणगढ (पुष ४ र ५), जुपिटर ह्वल्स बुटबल (पुष ७ र ८), भैरहवा अटो कम्पनी भैरहवा (पुष ९ र १०), जोशी अटो भिल्ला दाङ (पुष १२), बगेश्वरी ट्रेड इन्टरनेशनल, नेपालगंज (पुष १४), बिषेश माटोकर्प प्रालि. धनगढी (पुष १६) र जोन्छेन ट्रेर्डस पोखरा (पुष १९ र २०) यी बिभिन्न शहरमा आयोजना हुने जनाएको छ ।

सर्भिस क्याम्पमा सहभागी हुने ग्राहकले बिभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २ सय जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निशुल्क दिइने जनाएको छ ।

यस बाहेक रेनोको उपत्यकाको कालोपुल र टेकुमा अत्याधुनिक सर्भिस सेन्टरहरु संचालनमा रहेको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप