बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँका ५ मतदान केन्द्रमा पुन मतदान गर्नुपर्ने कांग्रेसको माग

मङ्गलबार, २६ मङ्सिर २०७४, १६ : ४९
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं– नेपाली कांग्रेसले तनहुँका ५ मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन मतदानको माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्ण पौडेलल मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

जारी विज्ञप्तिमा तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा क को मतगणना गर्दा विभिन्न वुथका ५ वटा वाकसमा जम्मा खसेको मत २३२८ भनी मुचुल्का गरिएकोमा मत गणना पश्चात जम्मा सदर तथा वदर मत संख्या २३७० देखिएको घटनाले मतगणनाका क्रममा फर्जि मत मिसाइएको तथ्य स्वतः स्पष्ट भएको उल्लेख छ  । 

कांग्रेसले मतगणनामा संलग्न कर्मचारीको प्रत्यक्ष संलग्नता र निर्वाचन अधिकृतको संरक्षणमा गरिएको उक्त धाँधलीयुक्त मतगणनाको परिणामलाई अस्वीकार गर्ने पनि जनाएको छ । 
उसल विधि र प्रक्रिया विपरित धाँधलीपूर्ण तरिकाले ४२ मत बढी देखाएर गरिएको अवैधानिक मतगणना र घोषित परिणामलाई वदर गरी अमरज्योति आ.वि. ग्यारसिं, जनजुक्त शाही मा.वि. (क), जनजौकुमारी शाही आधारभूत विद्यालय (क) म्याग्दे ७, व्यास ५ को उदय मा.वि. ठुलोटार (ख) र म्याग्दे वडा नं. ४ को मिन मा.वि. समेतका ५ वटा मतदान केन्द्रमा पुन मतदानको व्यवस्था गर्न माग गरेको छ । 
उक्त क्षेत्रमा माओवादीका उम्मेदवार आशा कोइराला कांग्रेसका प्रदिप पौडेललाई हराउदै निर्वाचित बनेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप