शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरियाबारे जेनेभामा शान्तिवार्ता हुँदै

मङ्गलबार, २६ मङ्सिर २०७४, १६ : ३४
मङ्गलबार, २६ मङ्सिर २०७४

एजेन्सी– सिरियाली द्वन्द्वका विषयमा स्वीट्जरल्याण्डको जेनेभामा शान्ति वार्ता हुने भएको छ ।  सो प्रयोजनका लागि सिरियाली सरकारका तर्फबाट शान्तिवार्ताको टोली सोमबार जनेभा पुगेको प्राप्त समाचारमा जनाइएको छ । सो वार्ता यही डिसेम्बर ५ मा हुने भनिएको थियो । तर पछि स्थगित हुन पुगेको बताइएको थियो । 

स्थगित रहेको उक्त शान्तिवार्तामा सहभागिता जनाउन सिरियाली सरकारी टोली सोमबार जेनेभा पुगेकोले मङ्गलबार यहाँ वार्ताका लागि पुनः बस्ने तयारी भइरहेको बताइएको छ ।  सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीइ विशेष दूत स्टेफेन डे मिस्टुराले सो कुरा बताएका छन् । उनले स्थगित रहेको सो वार्ता मङ्गलबार पुनः सुरु हुने अपेक्षा गरिएको बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घले सो वार्ताको अगुवाई गरेको थियो । वार्ता डिसेम्बर ५ मा हुने बइताएको थियो । तर सिरियाली सरकारी टोली उक्त समयमा जेनेभा नपुगेकोले वार्ता सुरु भएको थिएन ।  डे मिस्टुराले वार्ता शुरु हुनुपूर्व जेनेभामा सिरियाली द्वन्द्वरत पक्ष र सरकारी गरी दुई पक्षबीच देखिएको आपसी विश्वासको कमीका बारेमा आवश्यक छलफल हुने बताएका  थिए। 

गत नोभेम्बर २८ मा शुरु भएको वार्ता डिसेम्बर १५ मा टुङ्ग्याउनेगरी तय भएको थियो ।  सो वार्ता डिसेम्बर ५ देखि पुनः सुरु हुने बताइएको थियो । तर त्यो सम्भव भएको थिएन । 

जेनेभामा मङ्गलबार सुरु हुने भनिएको सो शान्ति वार्ताको मध्यस्थता अथवा अगुवाई समेत संयुक्त राष्ट्रसंघले गरेको छ । सिरियाली सरकारका प्रतिनिधिहरु पनि यस वार्तामा सहभागीताका लागि नै यहाँ आइपुगेको बताएका छन् । 

सिरियामा गएका विभिन्न समयमा युद्धविराम भएका थिए । तर अहिले भने युद्धविरामको अवस्था कायम छैन । तर निकै नै लामो समयसम्म पनि सिरियाका बारेमा वार्ता भने सुरु हुन सकेको थिएन । 

बिगतमा कैयौँ पटक सम्म शान्ति वार्ताको अगुवाई अमेरिका र रसियाले गरेका थिए । तर सिरियाली विपक्षीहरुले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको थिएन । 

सिरियामा सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । 

हाल त्यहाँ गृहयुद्ध जारी छ । सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी चार लाख भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । 

यस द्वन्द्वमा परी हजारौँ जना बालबालिकाले पनि ज्यान गुमाउनु परेको छ । यति लामो समयको यस हिंसामा परी यहाँका लाखौँ लाख नागरिक देश भित्र र बाहिर शरणार्थीको रुपमा दिन बिताउन बाध्य भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप