शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्युयोर्क विस्फोटका योजनाकार पक्राउ

मङ्गलबार, २६ मङ्सिर २०७४, १३ : ३२
मङ्गलबार, २६ मङ्सिर २०७४

एजेन्सी– न्युयोर्क सहरमा सोमबार बिहान भएको एउटा विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिक पक्राउ गरेको समाचार छ ।  ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले सो विस्फोटमा संलग्न भएको भरपर्दो प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको जानकारी मङ्गलबार दिइएको समाचारमा जनाइएको छ । 

पक्राउ परेका ती बङ्गालीको नाम अकायाद उल्लाह हो । उल्लाह बिगतका केही वर्षदेखि अमेरिका बस्दै आएको प्रहरीबाट प्राप्त भएको समाचारहरुमा खुलाइएको छ । 

अमेरिकामा बिगतका केही बर्षयतादेखि ट्याक्सी चालकको रुपमा काम गरिरहेका उनले आफ्नो शरीरमा बम बाँधेर हिँडेको प्रमाण नै प्रहरीले भेटेको जनाएको छ । 

आफ्नो शरीरमा बाँधिएकोे पाइप बम उनले नै विष्फोट गराएको प्रहरीले अनुसन्धानकाक्रममा खुलेको जनाएको छ । सोही बम पड्किएको र त्यसबाट उनी घाइते भएका थिए । 

सोही बमका छर्रा लागेर नै अरु तीनजनालाई पनि चोटपटक लागेको जानकारी सो अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।  सोमबार बिहान भएको यस विस्फोटलाई आतङ्ककारी हमला भएको बताइएको छ । तर बम विस्फोटका कारण पनि बमको कम शक्तिका कारण मात्र थोरै क्षति भएको पनि एक आर्को समाचरमा जनाइएको छ । 

न्युयोर्क सहरका मेयर बिल दे ब्लासियोले यस घटनालाई एउटा आतङ्ककारी हमलाको प्रयास भएको बताएका छन् ।  । उनले यसबाट ठूलो क्षति हुन नपाए पनि ठूलो क्षतिको योजनाबाट विस्फोट गराइएको बताएका छन्  । 

यसअघि पनि उक्त सहरको प्रहरीले यहाँको म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनाका सम्बन्धमा पनि एक युवालाई गिरफ्तार गरिएको बताएको थियो । 

न्युयोर्क सहरको टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनलसँगै रहेको भूमिगत मार्गमासोमबार बिहान उक्त विस्फोटको घटना भएको प्रहरीले जानकारी दिएको छ । 

बम विस्फोटका विषयको पूरा विवरण भने प्राप्त भएको छैन । तर न्युयोर्क सहरका सुरक्षा अधिकारीहरुले ती संदिग्ध युवकले सो विस्फोटक पदार्थ साथैमा लिएर पोर्ट अथोरिटीतर्फ जाने क्रममा अथवा बम राख्न योजना गरिएको स्थानमा नपुग्दै र समयअगावै उक्त विस्फोटक पदार्थ पड्किएको हुनसक्ने जनाएका छन् । 

त्यसै कारणले क्षति हुन नपाएको बताइएको छ । उक्त विस्फोट लगत्तै नै ती व्यक्तिलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।  उक्त बम पोर्ट अथोरिटी बस टर्मिनलमा नै विस्फोट गराउन लान लागिएको अनुमान गरिएको छ । उक्त टर्मीनल अमेरिकाकै सबैभन्दा ठूलो बस टर्मिनल हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप