शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीन,भारत र रुसी विदेशमन्त्रीको बैठकः बन्यो यस्तो रणनीति

मङ्गलबार, २६ मङ्सिर २०७४, १३ : २३
मङ्गलबार, २६ मङ्सिर २०७४

एजेन्सी–एसियाली देशहरु चीन, भारत र रुसले आपसमा मिलेर कामगर्ने र आवश्यक मात्रामा समन्वय र परामर्श मात्र गर्ने हो भने पनि विश्वमा स्थायित्व कायम हुने विश्वास व्यक्त गरिएको छ ।

 चीन, रुस र भारतका विदेशमन्त्रीहरुको भर्खरै भारतमा सम्पन्न भएको एक त्रिपक्षीय बैठकपछि उनीहरुले यस्तो विश्वास व्यक्त गर्नुभएको भारतको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । 

उनीहरुले यसका लागि यी तीनवटै देशले रणनैतिक सञ्चारको विकास र विस्तार गरी समन्वयात्मक रुपमा काम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि सो समाचारमा जनाइएको छ । 

भारतमा जारी १५ औँ त्रिपक्षीय बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा यो भनाई आएको हो । उक्त बैठकमा यी तीन देशका विदेशमन्त्रीहरुको सहभागिता रहेको छ ।  सो बैठकपछि मङ्गलबार नयाँ दिल्लीमा जारी विदेशमन्त्रीहरुको संयुक्त पत्रकार सम्मेलनमा यी तीन देशले विश्वमा शान्ति, विकास र स्थायित्वका लागि उल्लेखनीय योगदान पु¥याउनसक्नेमा जोड दिएका छन् । 

चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त पत्रकार सम्मेलनमा भने, हामीलाई लाग्छ हामी तीन देशले सम्वेदनशील रुपमा र दायित्व बोध गरेर काम गर्न सक्यौँ भने क्षेत्रीय शान्तिका साथै क्षेत्रीय रुपमा समृद्धि र विश्वकै आर्थिक विकासमा पनि ठूलो योगदान पु¥याउन सक्नेछौँ । 

विश्वमा हाल देखिएका आतङ्कवाददेखि अरु पनि विभिन्न सङ्कटहरुको समाधान संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुन र सिद्धान्तका आधारमा समाधान हुनसक्ने भन्दै उनीहरुले यसका लागि चीन, भारत र रुस सहयोगी सिद्ध हुनसक्ने धारणा राखेका थिए । 

उक्त पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री सुषमा स्वराज र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ पनि उपस्थित रहेका थिए । विदेशमन्त्रीहरुको बैठकपछि यो पत्रकार सम्मेलन संयुक्त रुपमा आयोजना गरिएको थियो । 

त्यस क्रममा चिनियाँ विदेशमन्त्री यीले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ बैठक र यसले अवलम्बन गरेका नीतिका बारेमा पनि चिनियाँ सरकारको धारणा राखेका थिए । 

उनले उक्त बैठकपछि चीन नयाँ युगमा प्रवेश गरेको र अबका दिनमा चीनले विश्व समुदायसँग नयाँ विश्वास र कार्यक्रमका साथ कामगर्ने योजना बनाएको पनि जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

सो बैठकपछि यी तीन देशका विदेशमन्त्रीहरुले आपसी र द्विपक्षीय रुपमा पनि भेटवार्ता गरेका छन् । उनीहरुले द्विपक्षीय रुपमा आआफ्ना देशका एजेण्डका बारेमा पनि कुराकानी गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप