शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हाले प्रधानमन्त्री र उपप्रधानमन्त्री लगायतका ठूला नेताले भोट (फोटोफिचर)

बुधबार, १४ असार २०७४, ०८ : ५८
बुधबार, १४ असार २०७४

काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा उपप्रधानमन्त्री कृष्ण बहादुर महराले मतदान गरेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ स्थित असीग्राम उच्चमाविको मतदान केन्द्रबाट भोट हालेका हुन् । त्यस्तै उपप्रधानमन्त्री तथा माओवादी नेता कृष्ण बहादुर महराले रोल्पाको लिवाङ नगरपालिका–१ दामरुकको श्री तारा माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । 


यस्तै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अछामको साफेबगर नगरपालिका– ६, स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँमा मतदान गरेका छन् । त्यस्तै कांग्रेसका नेता शेखर कोइरालालले विराटनगर महानगरपालिकाको आदर्श स्कुल मतदान केन्द्रबाट मतदान गरिसकेका छन् ।


यस्तै सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, मन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरुले पनि गृह जिल्लाबाटै मतदान गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप