शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यो चुनावमा जसलाई भाग्यले पनि दियो साथ !

मङ्गलबार, २६ मङ्सिर २०७४, ०९ : २४
मङ्गलबार, २६ मङ्सिर २०७४

हालै सम्पन्न निर्वाचनमा ९ वटा क्षेत्रमा १ हजारभन्दा कम मतले उम्मेदवारबीच हारजित भएको निर्वाचन आयोगले जनाएको छ । 

१ छक्कबहादुर लमा 
कांग्रेस र बाम गठबन्धनका उम्मेदवारलाई छक्क पार्दै हुम्लामा लामाले जित हात पारे ।
उनले ८ हजार ४ सय ९१ मत ल्याए । प्रतिस्पर्धीसँग ४७ को मतान्तर छ ।

२ पाल्तेन गुरुङ
एमालेका गुरुङले मनाङमा जित हात पारे । उनले २३ सय मत ल्याए । प्रतिस्पर्धीसँग उनको ७९ को मतान्तर छ ।

३ शत्रुधनप्रसाद सिंह
सिरहा २ मा संघीय समाजवादी फोरमका नेता सिंहले २ सय ८३ मतले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरे । सिंहले १४ हजार ३ सय २३ मत ल्याए ।

४ प्रेम तुलाचान
मुस्ताङमा ३ सय ६३ मतान्तरले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै तुलाचान विजयी भए । उनले ३५ सय ४४ मत ल्याए ।

५ जीवनराम श्रेष्ठ
काठमाडौं ८ मा एमालेका श्रेष्ठले ४ सय ४४ मतले कांग्रेस उम्मेदवारलाई पराजित गरे । श्रेष्ठले १३ हजार ३ सय ९७ मत ल्याए ।

६ डा. नारायण खड्का
उदयपुर १ मा कांग्रेस नेता खड्काले ५ सय ५३ मतान्तरले एमाले उम्मेदवारलाई पाराजित गरे । खड्काले ३३ हजार १४२ मत ल्याए ।

७ खेम प्रसाद लोहनी
धादिङ २ मा एमालेका लोहनी ६ सय ३९ मतान्तरले कांग्रेस उम्मेदवारसँग विजयी भए । उनले ३६ हजार ६ सय ५४ मत ल्याए ।

८ लालबाबु पण्डित
मोरङ ५ मा पण्डितले ६ सय ७५ मतान्तरले कांग्रेस उम्मेदवारलाई पछि पारे । उनले ३३ हजार ९ सय ४१ मत ल्याए ।

९ प्रकाशमान सिंह
काठमाडौं १ मा सिंहले ८ सय १८ मतान्तरमा विवेकशील साझाका उम्मेदवारलाई पराजित गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप