बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दल बदल्ने यी ७ नेता जसलाई पत्याएनन् जनताले

मङ्गलबार, २६ मङ्सिर २०७४, ०७ : २८
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं - एमालेबाट माओवादी, नयाँ शक्ति हुँदै पुनः माओवादी प्रवेश गर्दै धनुषा-२ बाट निर्वाचन लडेका रामचन्द्र झाले भने चुनावमा हार व्यहोर्नुपर्‍यो । उनी संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग पराजित भए ।

राप्रपा छाडेर एमालेको सूर्य चिह्न लिएर निर्वाचन लडेका गंगाप्रसाद यादव सिरहा-१ मा कांग्रेसका उम्मेदवार प्रदीप गिरीसँग पराजित भए ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) कांग्रेसमा विलय भएपछि कैलाली-३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका रामजनम चौधरीले पनि पराजय व्यहोर्नुपर्‍यो । उनी माओवादी केन्द्रका गौरीशंकर चौधरीसँग पराजित भए ।

फोरम लोकतान्त्रिक हुँदै निर्वाचनअघि कांग्रेस प्रवेश गरेका गोपाल दहित पनि प्रतिस्पर्धामा तल परे । दहित बर्दिया-२ बाट माओवादी केन्द्रका सन्तकुमार थारूसँग पराजित भएका छन् ।

एमालेबाट टिकट नपाएपछि कांग्रेस प्रवेश गरी चुनाव लडेका मोहनसिंह राठौर एमालेका उम्मेदवार झपटबहादुर रावलसँग पराजित भएका छन् । राठौर विगतमा शिक्षा राज्यमन्त्री छँदा रावल उनका निजी सचिव थिए ।

राजपा छाडेर सूर्य चिह्नमै लडेका राजपाका अर्का नेता पशुपतिदयाल मिश्र पनि बाँके-२ बाट हारे । मिश्रलाई संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राईले पराजित गरेका हुन् ।

माओवादीबाट कांग्रेस प्रवेश गरेका सर्लाही-१ का उम्मेदवार शम्भुलाल श्रेष्ठ प्रतिस्पर्धामा तेस्रो नम्बरमा परेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यो पनि पढ्नुहोस्:

दल बदल्ने यी ६ भाग्यमानी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप