कञ्चनपुरमा रमेश लेखक पराजित: यस्तो छ मतान्तर
कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक पराजित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार दीपक प्रकाश भट्ट २६ हजार ३६४ मत ल्याएर विजयी भएका छन् ।
काग्रेसका लेखकको पक्षमा २६ हजार १०६ मत मात्र खस्यो ।
लेखक २ सय ५८ मतान्तरले एमाले उम्मेदवार दीपक प्रकाश भट्टसँग पराजित भएका हुन् ।
कञ्चनपुर ३ 'क' मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका प्रकाश रावल १२ हजार ८१७ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गरे । उनी
६३ मतान्तरले पराजित भए ।
कञ्चनपुर ३ 'ख' मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मान बहादुर सुनार १३हजार ७०० मत ल्याएर विजयी भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार बेल बहादुर राना मगरले १३ हजार ५३९ मत प्राप्त गरे । उनी १६१ मतान्तरले पराजित भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि