शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई बधाई दिन चितवन पुगिन् प्रकाशकी जेठी पत्नी सृजना

सोमबार, २५ मङ्सिर २०७४, १९ : ३८
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौँ । चितवन–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पुत्र वियोगका दुःखका बीच पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुसीको क्षण प्राप्त बनेको छ ।

उनको जीतले प्रचण्डको परिवारलाई पुनः एक ठाउँमा ल्याएको छ । 

सोमबार दिउँसो छोरी रेणु दाहालले पूरा परिवारले प्रचण्डलाई बधाई दिएको तस्विर सार्वजनिक गरेकी थिइन् ।

यसैबीच, चुनावी अभियानमा कास्कीमा खटिएकी दिवंगत प्रकाश दाहालकी जेठी पत्नी पनि यतिबेला चितवन पुगेकी छिन् ।

प्रकाशको निधनपछि छोरा प्रसिद्धलाई हजुरबुवा प्रचण्डसँग छाडेर कास्कीमा चुनावी अभियानमा होमिएकी सृजना आज चितवन पुगेर बधाई दिएकी हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप