यस कारण ओखलढुंगा कांग्रेसद्वारा डेढदर्जन कार्यकर्ता कारबाहीमा
रामहरि श्रेष्ठ
ओखलढुंगा – ओखलढुंगा कांग्रेसले आफ्ना डेढ दर्जन बढि नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । हालै सम्पन्न प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसलाई विभिन्न बाहनामा असहयोग गरेको भन्दै कारबाही गरेको हो ।
सोमबार एक विज्ञप्ती जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारको विरुद्धमा स्वतन्त्र उम्मेद्वारी दिने उम्मेद्वार, तिनका प्रस्तावक तथा समर्थक र पार्टीको गोप्य सूचना चुहावट गर्ने कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएको छ । त्यस्तै, पार्टीको आधिकारीक उम्मेद्वार विरुद्ध जाशुसी गर्ने, पार्टी कार्यकर्ताहरुलाई भ्रमित पार्ने र पार्टीलाई पराजय गराउन सक्रिय भूमिका खेल्ने कार्यकर्तालाई समते कारबाही गरेको छ ।
पार्टीको आधिकारीक उम्मेद्वार बिरुद्ध प्रदेशसभा ख का नेपाली कांग्रेसका बागी उम्मेद्वार ज्ञानेन्द्र रुम्दालीसहित अन्य चारजनालाई ५ वर्षसम्म पार्टीको साधारण सदस्यता समेत नहने गरि कारबाही गरिएको कांग्रेस ओखलढुंगाले जनाएको छ । तर, विज्ञप्तीमा कारबाहीको अवधी भने उल्लेख गरिएको छैन ।
प्रदेशसभा ख का स्वतन्त्रका उम्मेद्वार ज्ञानेन्द्र रुम्दालीलगायत २० जनाको नाम समाबेश भएको विज्ञप्तीमा ओखलढुंङ्गामा प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पराजीत उम्मेद्वार रामहरि खतिवडा, मित्रसेन दाहाल र प्रदिप कुमार सुनुवार तथा प्रतिनिधीसभा सदस्य समानुपातिकका उम्मेद्वार गोमा केसीको हस्ताक्षर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि