शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दंगलकी नायिकामाथि यौनदुर्व्यवहार गर्ने पक्राउ, पत्नी भन्छिन्, ‘पब्लिसिटी स्टन्ट’

सोमबार, २५ मङ्सिर २०७४, १८ : ४९
सोमबार, २५ मङ्सिर २०७४

मुम्बई । चलचित्र दंगलकी १७ वर्षीया नायिका जायरा वसीममाथि विस्तारा एयरलाइन्समा यौनदुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

उनलाई मुम्बई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३९ वर्षीय विकास सचदेव रहेका छन् ।

जायराले आफ्नो इन्सटाग्राम एकाउण्टबाट एक लाइभ भिडियोमार्फत यस विषयको जानकारी दिएकी थिइन् ।

विकासविरुद्ध आइपिसीको धारा ३५४ र प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अपफेन्स एक्ट अन्तर्गत मुद्दा दायर गरिएको छ । सोमबार उनलाई अदालतमा पेश गरिएको छ ।

यता, विकासकी पत्नी दिव्या सचदेवाले जायराले चर्चा बटुल्न आफ्नो पतिलाई फँसाएको आरोप लगाएको आरोप लगाएकी छिन् ।

उनले भनिन्, ‘यो केवल पब्लिसिटी स्टन्ट मात्र हो । जायरालाई चर्चा चाहिएको छ । त्यही भएर उसले मेरो पतिलाई फँसाएकी हुन् ।’

‘मेरा पति विकास दिल्लीबाट घर आउँदै थिए । हाम्रो मामाको निधन भएको थियो । यस कारण उनी निकै दुःखी थिए । उनले सुत्नका लागि विमानमा कम्बल पनि मागेका थिए,’ उनले भनिन्, ‘म जायराको आरोपबाट स्तब्ध छु । यदी त्यस्तो घटना भएको भए उनले त्यतिबेला नै किन आलार्म बजाइनन् । दुई घण्टापछि किन यो कुरा खुलाइन् । त्यतिबेला उनीसँग उनको आमा पनि थिइन् । उनीहरु किन चिच्याइनन् ?’

उनले आफ्नो पति पूर्व आर्मी अफिसर भएको र उनले यस्तो हर्कत गर्न नसक्ने बताइन् ।

विस्ताराले माग्यो माफी

यता, विस्तारा एयरलाइन्सले जायरासँग माफी मागेको छ । आइतबार साँझ विज्ञप्ति जारी गर्दै उसले जायरासँग माफी मागेको हो ।
‘५–१० मिनेटसम्म उसले मेरो कम्मर र घाँटी छोयो’

मुम्बई विमानस्थल पुगेर जायराले एउटा भिडियो रेकर्ड गरेकी थिइन् । जसमा उनी रुँदै गरेको देखिएको थियो । त्यहाँ उनले विमानमा आफूसँग भएको घटना शेयर गरेकी थिइन् ।

जायराका अनुसार दिल्लीदेखि मुम्बई आउँदा आफ्नो पछि बसेका एक अधवैसे पुरुषले दुर्व्यवहार गरेका थिए । विमानमा कम प्रकाश भएको कारण उनले यो रेकर्ड गर्न पाइनन् । उनका अनुसार ती व्यक्तिले ५ देखि १० मिनेटसम्म उनको कम्मर र घाँटीमा छाएका थिए ।

अमिर खानको दंगलबाट बलिउडमा चर्चित बनेकी जाराले पछिल्लो चलचित्र सिक्रेट सुपरस्टारमा काम गरेकी थिइन् । यसबाट उनले राष्ट्रिय पुरस्कार पनि जितेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप