बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोरखापत्र संस्थानका महाप्रबन्धकमा उपाध्याय

सोमबार, २५ मङ्सिर २०७४, १८ : २२
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार वसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ ।  सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल ‘गोरखापत्र’ दैनिकका कार्यकारी सम्पादक उपाध्यायलाई चार वर्षका लागि नियुक्त गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले संस्थान महाप्रबन्धकका लागि गत भदौमा खुला आवेदन मागेकामा नौ जनाको आवेदन परेको थियो । 

वि.सं २०४८ मा ‘गोरखापत्र’मा उपसम्पादकबाट सेवा प्रवेश गरेका पत्रकार उपाध्यायले यसअघि संस्थानको सहप्रकाशन ‘अप्सरा’ र ‘मधुपर्क’ पत्रिकामा सम्पादकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले ‘राजधानी’, ‘जनमत’लगायत साप्ताहिक पत्रिकामा पनि पत्रकारिता  गरिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप