बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा राहुल युग शुरु, निर्विरोध कांग्रेसको अध्यक्ष निर्वाचित

सोमबार, २५ मङ्सिर २०७४, १७ : ३८
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौँ । भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीको अध्यक्ष पदका लागि प्रस्तावित चुनावको मनोनयन दर्ताका लागि सोमबार अन्तिम दिन थियो । तर, कसैले राहुलको उम्मेदवारीलाई चुनौती दिएनन् ।

काँग्रेस नेता मुल्लापल्ली रामन्द्रनले यसको घोषणा गर्दै भने, ‘नामांकनका ८९ प्रस्ताव दाखिल भएको थियो । सबै वैद्य थियो । केवल एउटै उम्मेदवार मैदानमा छन् । त्यसैले भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष पदमा राहुल गान्धीलाई निर्वाचित घोषित गर्दछु ।’

योसँगै गान्धी परिवारबाट पार्टीका उनी छैटौँ अध्यक्ष बनेका छन् । यद्यपि, ४७ वर्षीय राहुल पार्टीका सबैभन्दा युवा अध्यक्ष भने होइनन् । यसअघि राजीव गान्धी मात्र ४० वर्षको उमेरमा पार्टी अध्यक्ष बनेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप