मोलुङ जलविद्युत् आयोजनाको परीक्षण प्रशारण शुरु
रामहरि श्रेष्ठ
ओखलढुंगा– जिल्लाकै पहिलो जलविद्युत अयोजना मोलुङ जलविद्युत् आयोजनाको परीक्षण प्रसारण सुरु भएको छ । ७ मेगावाट क्षमताको यस आयोजनाको आइतबारदेखि प्रिटेष्ट परीक्षण सुरु भएको हो ।
उक्त जलविद्युत् आयोजनाको नवनिर्वा्चित प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवार, प्रदेशसभाका सांसदहरु मोहन कुमार खड्का र अमिरबाबु गुरुङ तथा पूर्व सांसद रामहरि खतिवडाले अबलोकन समेत गरेका छन् । परीक्षण प्रसारण १५ दिनसम्म गरिने र त्यसपछि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी आयोजनाले गरेको छ ।
आयोजनाको सुरुवात देखी २२ महिनाको अवधीमा केही छिटफुट काम बाहेक सम्पुर्ण काम सकिएकाले नियमित विद्युत प्रसारणका लागि पूर्व तयारी गरिएको मोलुङ जलविद्युत् आयोजनाले जनाएको छ ।
बिद्युत प्रसारण लाईनकोे सफलताका लागि पण्डित बोलाएर रुद्री पुजा समेत गरिएको छ । मोलुङ गाउँपालिका ४ हर्कपुरस्थित मोलुङ खोलामा निर्मित आयोजना सदरमुकामस्थित गोरुमारेभञ्ज्याङमा रहेको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । त्यसका लागि आवश्यक काम भइसकेको आयोजनाले जनाएको छ ।
आयोजना निर्माणका लागि एनएमबी बैंकलगायतको १ अर्ब ४० करोड रुपैयाँ लगानी छ । वर्षामा ७ र हिउँदमा ३ देखी ४ मेगावाटसम्म विद्युत उत्पादन हुने मोलुङ जलविद्युत् अयोजना सञ्चालनमा आएपछि जिल्ला लोडसेडिङमुक्त हुने स्थानीयको बिश्वास छ ।
ओखलढुङ्गालाई लोडसेडिङ मुक्त जिल्ला बनाउने अभियानस्वरुप केहीदिन अघि लिखु ४ जलविद्युत आयोजना निर्माणका लागि उद्घाटन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा