मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्रा मार्न टाउकोमा विष हाल्दा भयो दुःखद घटना

सोमबार, २५ मङ्सिर २०७४, १६ : ११
सोमबार, २५ मङ्सिर २०७४

खोटाङ–टाउकोको जुम्रा मार्न टाउकोमा लगाइएको विषादीका कारण खोटाङमा ७ वर्षिया बालिकाको मृत्यु भएको छ । जुम्रा हटाउन टाउकोमा मेटासिट लगाईदिँदा रुपाकोट–मझुवागढी नगरपालिका–१५ वुइपा निवासी पुष्पराज वास्तोलाकी ७ वर्षिया छोरी सुनिता वास्तोलाको मृत्यु भएको हो । 

मृतक सुनिताकी आमाले राती सुत्ने बेलामा छोरीहरुको टाउकोको जुम्रा मार्न मेटासिट लगाईदिएका थिए । बिहान उठ्दा छोरीहरु सिकिस्त अवस्थामा भेटिएपछि सदरमुकाम दिक्तेलबजारस्थित जिल्ला अस्पतालमा उपचारका लागि ल्याईएको थियो ।

जिल्ला अस्पतालमा उपचर हुन नसकेपछि काठमाडौं लैजादै गर्दा शनिबार राती साढे ११ बजे बाटोमा पर्ने खुर्कोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनितासँगै सिकिस्त बनेकी उनकी ११ वर्षिया दिदी भावना वास्तोलाको भने काठमाडौको कान्तिबाल अस्पतालमा उपचार भईहेको बताईएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप