बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुःखकैबीच आज थोरै खुसी बाँड्यो प्रचण्ड परिवारले !

सोमबार, २५ मङ्सिर २०७४, १३ : ४२
सोमबार, २५ मङ्सिर २०७४

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका छन् । जित हाँसिल गरेलगत्तै प्रचण्ड परिवारले खुसी साटेका छन् । चुनावकै माहोलका बीचमा पुत्र प्रकाशको देहान्तले पीडामा परेको सो परिवार तंग्रिन सकेको छैन ।

तैपनि प्रचण्डको जितलगत्तै परिवारका अधिकांश परिवार एकैठाउँमा जुटेको तस्वीर रेणु दाहालले सार्वजनिक गरेकी छन् । नातीलाई अगाडी राखेर तस्वीरको पोज दिएका प्रचण्ड र पत्नी सिता दाहालसँगै छोरी रेणु दाहाल पनि सँगै रहेकी छन् ।

सीताका अनुहारमा अझै खुसीको निखार आएको देखिदैन । लाग्छ, विजयको खुसी साटासाटको त्यो जमघटमा प्रकाश नहुँदा तस्वीरनै फिका जस्तो देखिन्छ । 

 

प्रचण्ड परिवारले पुत्र प्रकाश दाहालको देहान्तपछि पहिलोपटक खुसी साटे पनि सबैको अनुहार पीडा झल्किनै रहेको देखिन्छ । पीडाका बीचमा  प्रचण्डले राजनीतिक अभियानमा भने विजय हासिल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप