शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनबारे किन बोलेनन् चीन र भारत ? भारतीय विदेश मन्त्रालयको यस्तो धारणा

सोमबार, २५ मङ्सिर २०७४, ०७ : २८
सोमबार, २५ मङ्सिर २०७४

विगतमा निर्वाचन भएलगत्तै स्वागत गर्ने छिमेकी भारत र चीन प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि मौन छन् ।

तर, संयुत्तर राष्ट्रसंघ, युरोपियन युनियन र जापानले निर्वाचन शान्तिपूर्ण तथा स्वच्छ रुपमा सम्पन्न भएको भन्दै स्वागत गरेका छन् ।

भारतले निर्वाचन सम्पन्न भइसकेपछि मात्रै प्रतिक्रिया दिने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले देल्लीबाट भने,
-अहिले हामी हतारमा टिप्पणी गर्दैनौं ।
-सबै परिणाम आइसकेपछि हामी हार्दिकतापूर्वक धारणा राख्छौं ।
-घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं ।
-नेपालमा जसको सरकार गठन भए पनि हाम्रो सम्बन्धमा दायाँबायाँ हुँदैन ।
-हामी नेपालका सबै पक्षसँग निरन्तर सम्वाद र छलफलमा छौं ।

चीनले पनि निर्वाचन सम्पन्न भइसकेपछि प्रतिक्रिया दिने नेपालस्थित चिनीयाँ दूतावासका एक अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप