शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बामदेव भन्छन्, ‘ठूलै षड्यन्त्र भयो’, रामचन्द्र भन्छन् ‘अन्तर्घात’

सोमबार, २५ मङ्सिर २०७४, ०६ : ४७
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौँ । बर्दिया क्षेत्र नम्बर १ बाट पराजित एमाले उपाध्यक्ष बामदेव गौतमले ठूलै षड्यन्त्रका कारण आफू पराजित भएको दाबी गरेका छन् ।

नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्ता उनले भनेका छन्,

मैले यसलाई अनपेक्षित रुपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा मैले पहिला सबै मूल्यांकन गरेर, तथ्य प्रमाणहरु जुटाउनुपर्ला भन्ने लागेको छ ।
प्रशस्तै षडयन्त्र भएको पाइएको छ । त्यसैले प्रमाण जुटाउन पर्ने बेला भएको छ ।

यता, काँग्रेस नेता रामचन्द्र पौडेलले पार्टी भित्रैको अन्तर्घातको कारण आफू पराजित भएको बताएका छन् ।

उनले भने, ‘बाम गठबन्धनभन्दा पनि पार्टीभित्र कै आन्तरिक कारणले हामी पराजित भएका छौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप