शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

म्यान्चेस्टर डर्बी : सिटीले किर्तिमान बनाउँदा युनाइटेड पराजित

सोमबार, २५ मङ्सिर २०७४, ०५ : ४८
सोमबार, २५ मङ्सिर २०७४

लण्डन । म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै म्यान्चेस्टर सिटी एकै सिजन प्रिमियर लिगमा १४ खेल जित्ने पहिलो टोली बनेको छ ।

आइतबार भएको खेलमा २–१ को जीत हासिल गर्दै सिटीले शीर्ष स्थानमा ११ अंकको फराकिलो अग्रता पनि बनाएको छ ।

खेलको ४३ औँ मिनेटमा डेभिड सिल्भाले सिटीलाई अग्रता दिए पनि पहिलो हाफको इन्जुरी समयमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए ।

खेलको दोस्रो हाफमा निकोलास ओटामेन्डीले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

खेलपछि युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले रेफ्रीले पेनाल्टी नदिँदा आफूहरुले हार बेहोर्नु परेको भन्दै आक्रोश व्यक्त गरे । 

खेलको ७९ औँ मिनेटमा एन्डर हरेरालाई ओटामेन्डीले लडाएका थिए । तर, पेनाल्टीको साटो हरेरालाई डाइभ गरेको भन्दै पहेँलो कार्ड देखाइएको थियो ।

पराजयसँगै युनाइटेडको घरेलु मैदानमा ४० खेलको अपराजित यात्रा अन्त्य भएको छ । सन् २०१६ को सेप्टेम्बरमा सिटीसँग ओल्डट्राफोडमा हारे यता युनाइटेड अपराजित रहेको थियो ।

१६ खेलपछि सिटीको ४६ अंक रहेको छ । दोस्रो स्थानमा ३५ अंकसहित युनाइटेड रहेको छ ।

हिजै भएका अन्य खेलमा लिभरपुलले एभर्टन र साउथ ह्याम्पटनसँग आर्सनलले १–१ को बराबरी खेलेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप