बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भिल्लेरियाललाई हराउँदै बार्सिलोनाको ५ अंकको अग्रता कायमै

सोमबार, २५ मङ्सिर २०७४, ०५ : ३३
सोमबार, २५ मङ्सिर २०७४

बार्सिलोना । १० खेलाडीमा सिमित भिल्लेरियाललाई हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा ५ अंकको अग्रता कायम राखेको छ ।

लुइस सुवारेज र जेरार्ड पिकेले पोष्टमा बल हिर्काएपछि ला लिगामा लागतार तेस्रो खेलमा बराबरी तर्फ उन्मुख बनेको थियो ।

तर, खेलको ६० औँ मिनेटमा भिल्लेरियालका मिडफिल्डर ड्यानियल राबाले रातो कार्ड खाएपछि खेल बदलिएको थियो ।

खेलको ७२ औँ मिनेटमा सुवारेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर गोल गर्दै लियोनेल मेस्सीले बार्सिलोनालाई २–० को जीत दिलाए ।
१५ खेलपछि बार्सिलोनाले ३९ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानमा ३४ अंकसहित भ्यालेन्सिया रहेको छ ।

आइतबार रियल बेटिसलाई १–० लाई हराउँदै एथ्लेटिको म्याड्रिड तेस्रो स्थानमा रहेको भने चौथो स्थानमा रियल म्याड्रिड रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप