शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजकुमार विलियमले आमा डायनाको सालिक निर्माण गर्दै

आइतबार, २४ मङ्सिर २०७४, २२ : ५३
आइतबार, २४ मङ्सिर २०७४

एजेन्सी– राजकूमार विलियम तथा ह्यारीले आफ्नी स्वर्गीय आमा राजकूमारी डायनाको मृत्यु भएको बिसौँ बर्षदिनको सम्झनामा उनको प्रतिमा ९सालिक० निर्माण गर्ने योजना अनुसार आइतबार कुशल मूर्तिकारको चयन गरेका छन् । 

बेलायतकी महारानी एलिजावेथ द्वित्तीयको सन् १९९८ देखि बेलायती मुद्रामा प्रयोग भएको प्रतिमा निर्माण गरेका मूर्तिकार इयान राङ्क ब्रोड्लीले डायनाको सालिकलाई आगामी सन् २०१९ सम्म पूरा गरी हस्तान्तरण गर्ने सम्झौता भएको बताइएको छ । 

उनको सालिकलाई केसिङ्टन दरबार परिसरमा राखिने छ । केसिङ्टन स्वर्गीय डायनाको बासस्थान हो ।  राजकूमार द्वयले आइतबार एक विज्ञप्ति जारी गरी भनेका छन्, “सालिकको निर्माण ‘स्वर्गीय माता डायनाको सम्मानमा निर्माण गरिने उचित एवम् स्थायी’ उपहार भएको र यसले उनको जीवन र विरासतको स्मरण गराइरहने छ ।” 
स्वर्गीय राजकूमारी डायनाको सन् १९९७ मा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप