बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा आइतबार व्यापक हिमबर्षा

आइतबार, २४ मङ्सिर २०७४, २२ : ४३
आइतबार, २४ मङ्सिर २०७४

एजेन्सी– बेलायतको ठूलो क्षेत्रमा आइतबार विहानैदेखि हिमपात हुँदा सामान्य जनजीवन प्रभावित भएको छ ।  हिमपातका कारण आइतबार वेल्स, मिडल्याण्ड तथा उत्तर तथा पश्चिमी इङल्याण्डमा यो बर्षकै पहिलो पटक व्यापक हिमपात भएको स्थानीय मौसमविद्हरूले जनाएका छन् । 

हिमपातका कारण बरमिङघम विमानस्थलबाट विभिन्न स्थानका लागि तय भएका उडानहरू अवरुद्ध भएका छन् भने अन्य यातायातबाट हुने आवतजावतमा समेत निकै कठिनाई परेको प्रहरीले जनाएको छ । हिमपातका कारण वेल्स तथा मिडल्याण्ड लगायतका क्षेत्रमा परेको हिमबर्षाले लामो समयसम्म यातायातका साधन ठप्प हुनपुगेका थिए । 

मौसम विज्ञान कार्यालयले उक्त क्षेत्रमा आइतबार नै थप हिउँ पर्ने जनाउँदै सावधानी अपनाउन सम्वद्ध सवैजनालाई आग्रह गरेको छ ।  हिमपातपछि स्कटल्याण्ड, वेल्सलगायतका भूभागमा तापक्रम ह्वात्तै घटेर माइनस १० डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन् । शहरी वस्तीबाट टाढा रहेका केही ग्रामिण इलाकामा तापक्रम माइनस १४ डिग्री सेल्सियससम्म पुग्ने पूवानुमान मौसम विज्ञान पूर्वानुमान कार्यालयले बताएको छ । 

केही ग्रामिण वस्तीमा हिमपातका कारण यातायात सेवा अवरुद्ध हुनसक्ने भन्दै सकेसम्म एक दुई दिन नयाँ यात्रा तय नगर्न नागरिकलाई अनुरोधसमेत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप