मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पुनर्निर्माण प्राधिकरण छाडेर चुनाव लडेका पोखरेल मोहनविक्रम पत्नीसँग पराजित

आइतबार, २४ मङ्सिर २०७४, २२ : ३९
आइतबार, २४ मङ्सिर २०७४

प्युठान । पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृतबाट राजीनामा दिएर चुनाव लडेका गोविन्द राज पोखरेल पराजित भएका छन् ।

योजना आयोगका पूर्व उपाध्यक्ष रहेका पोखरेल प्युठानमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका थिए ।

पोखरेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलसँग पराजित भएका हुन् ।

पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याए । पौडेललाई बाम गठबन्धनले सघाएको थियो ।

कपिलवस्तुको निग्लिहवामा जन्मेकी पौडेलले २०५७ सालमा तत्कालीन नेकपा मसालका अध्यक्ष मोहनविक्रम सिंहसँग विवाह गरेकी थिइन् । 

२०५६ सालको चुनावमा कपिलवस्तुबाट चुनाव लडे पनि पराजित भएकी उनी २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाण्डौं १० बाट पराजित भएकी थिइन् । २०७० सालको चुनावमा उहाँ समानुपातिकबाट सभासद बनेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप