शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योर्लिङ्ग !

आइतबार, २४ मङ्सिर २०७४, २१ : ४३
आइतबार, २४ मङ्सिर २०७४

क्यानडा– आज २०७३ साल मंसिर १६ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको दिनलाई क्यानडाको नेपाली समुदायहरुले इतिहासमा दर्ता गर्ने छन् । १२ नोभेम्बर २०११ का दिन श्री नेपाली बाबाबाट शुभारम्भ भएको पशुपतिनाथको मन्दिर निर्माण अभियानले जुन २०१२ मा विधिवत दर्ता भएको थियो ।

 त्यसपछि संस्थाले मन्दिर कार्यलाई निरन्तरता दिदै आफ्नै घरसहितको जग्गा किनेर पूजाआराधना कार्यको शुभारम्भ गरेको थियो । त्यही मन्दिरलाई पूर्णरुप दिन नेपालको मूल पशुपतिनाथको मन्दिरको ज्योर्लिङ्गकै रुपमा चन्द्र डण्गोलले आज प्रतिष्ठापन भएको पशुपतिनाथको ज्योर्लिङ्ग निर्माण गर्नु भएको हो ।

  ज्योर्लिङ्ग प्रतिमा प्रतिष्ठापन कार्यक्रमको शुरुमा वाध्यबाजासहित कलश यात्रा गरिएको थियो । त्यसपछि रेखी स्थापना गरेर समस्त देवदेवीहरुको श्रृङ्गारसहित स्थापना भएको थियो । त्यसपछि धार्मिक रीति अनुसार स्वस्तस्त वाचन, संकल्प,  गोदान गरेपछि ब्राह्मणवरण, दीप, कलश, गणेश पूजनको कार्यक्रमसहित धृतमातृका, षोड़शमातृका पूजनसँगै योहगनी, वास्तु  पूजन रहेको थियो । 

शरुमा भारतबाट नेपालीहरु क्यानडा पुगेका थिए भने सत्तरीको  दशकदेखि अध्ययनको क्रममा नेपालीहरु क्यानडा प्रवेश गरेको पाइन्छ ।


 २००४ मा पशुपतिनाथ नेपाली कल्चर सेन्टर (पिएलसिसि)  को जग हालेर मन्दिर निर्माणका लागि प्रारम्भिक प्रयास शुरु भएको थियो । अस्थायी मन्दिरबाट धार्मिक क्रियाकलापको श्री गणेश पनि गरिएको थियो । तर त्यसले निरन्तरता नपाएपछि केही समय बिट मारेर पूनः २०१० मा नेपाली क्यानेडियन हेरिटेज सेन्टर (एनसिएचसि) का माध्यमबाट मन्दिर निर्माणको अर्को प्रयास शुरु भयो । 


यसपटकको प्रयासमा कर्मठ, निष्ठावान र कर्तव्यबोधीहरुको समूह रहेको कार्यसमितिले लगनका साथ मन्दिर निर्माणका लागि काम गर्दै आएपछि ब्राह्म्टनको ७९५५ टोरब्राम रोड, युनिट नम्बर २१ मा पशुपतिनाथ मन्दिरको नामबाट पूजा आराधनाको शुभारम्भ भएको थियो । आज यही मन्दिरले पूर्णरुप लिदैछ 

मन्दिरमा नेपालबाट झिकाइएको ४ फिट ऊचाँई भएको पशुपतिनाथको ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठापन गर्न नेपालबाट नेपाली बाबा आएका थिए । उनीसँगै  ईश्वरकृष्ण महाराजको पनि उपस्थिति रहेको थियो । ११ जना स्थानीय पुरोहितहरुले पनि ज्योर्लिङ्ग प्राण प्रतिष्ठापनमा धार्मिक सहयोग गरे । 

उक्त कार्यक्रममा नेपालीहरुको उपस्थितिले हालको मन्दिर सानो हुने देखिएपछि स्वेच्छाले तीनहजार र त्यसभन्दा बढी डलर सहयोग गर्ने निर्णयका नाम लेखाएका थिए । यसबाट आजैमात्र मन्दिरका लागि लगभग तीनलाख डलर जम्मा भएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप