शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तनहुँमा हत्यामा संलग्न ३ जना पक्राउ

आइतबार, २४ मङ्सिर २०७४, २१ : १८
आइतबार, २४ मङ्सिर २०७४

तनहुँ– गत मंसिर २० गते राती जिल्लाको रिसीङ गाउँपालिका वडा नं ६ चालिसे निवासी ६५ वर्षीय कृष्णबहादुर आलेको हत्यामा संलग्न तीन जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउमा पर्नेहरुमा रिसिङ गाउँपालिका ६ बस्ने बर्ष २४ को मदन आले,सोही स्थान निवासी बर्ष ६० का बिसन आले र  बर्ष २५ का दान बहादुर आले रहेका छन् । 
 सोही वडाको गोठादी भन्ने स्थानमा पुजाको निम्तो मान्न जाँदा रक्सी सहित खानेकुरा खाई घर फर्कने क्रममा गाउँमा भएको सामान्य विवाद झगडालाई रिसाबी साधेर घट्नास्थलको एकान्त स्थानमा आइपुगेपछि विवाद गरी हात मुक्का तथा पिपलको दाउराले टाउँको अनुहार लगायत शरीरको अन्य भागमा कुटपिट गरेको पक्राउ परेकाहरुले स्वीकारेका थिए ।

 कर्तव्य गरी मारेको भन्ने खुल्न  आएकोले घट्नामा संलग्न तीनै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप