शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतको लज्जास्पद हार, श्रीलंकाको हारको श्रृंखला रोकियो

आइतबार, २४ मङ्सिर २०७४, १८ : ४४
आइतबार, २४ मङ्सिर २०७४

धर्मशाला । भारतमाथि ७ विकेटको जीत हासिल गर्दै श्रीलंकाले एकदिवसीय खेलमा १३ खेलमा हारको श्रृंखला अन्त्य गरेको छ ।

भारतविरुद्ध उसैको भूमिका एकदिवसीय खेलमा जीत हासिल गरेको सन् २००९ पछि पहिलो पटक हो ।

भारतको भ्रमणमा रहेको श्रीलंकाली टोलीले भारतले प्रस्तुत गरेको ११३ रनको लक्ष्य मात्र २०.४ ओभरमा मात्र ३ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो ।

एन्जेलो म्याथ्युज र निरोशान डिकवेलाले नटआउट रहेर क्रमशः २५ र २६ रन बनाउँदै टोलीलाई जीत दिलाए ।

टोलीका लागि उपुल थरङ्गाले सर्वाधिक ४९ रन बनाए । यसक्रममा उनले १० चौका हिर्काए ।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निकै कमजोर ब्याटिङ गरेको थियो ।

कुनै समय ७ विकेटको क्षतिमा २९ रन मात्र बनाएको भारतका लागि ६५ रन बनाउँदै महेन्द्र सिंह धोनीले केही लाज जोगाएका थिए ।

श्रीलंकाका लागि म्यान अफ द म्याच घोषित सुरङ्गा लक्मालले ४ विकेट लिए भने नुवान प्रदीपले २ विकेट लिए ।

अब दोस्रो एकदिवसीय खेल बुधबार चन्डीगढमा हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप