शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुशील र वर्षाको आकर्षक रोमान्सको चर्चा

मङ्गलबार, १३ असार २०७४, २० : ३८
मङ्गलबार, १३ असार २०७४

काठमाडौं – अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री बर्षा शिवाकोटी अहिले चर्चामा छन् । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘कारखाना’को कारणले दुबैको चर्चा चुलिएको हो ।

निर्माण युनिटले चलचित्र प्रचारमा पनि यि कलाकार नै अगाडि सारेका छन् । गीत तथा ट्रेलरमा पनि दुबै कलाकार हाबी छन् । गीत तथा ट्रेलरको युट्युब दर्शक लाखौ छन् । 

सुदीप खड्काले निर्माण गरेको ‘कारखाना’ सुशील र वर्षाको पहिलो चलचित्र भने होइन । सुशीलले होष्टल रिटन्र्समा अभिनय गरिसकेका छन्, भने बर्षाका केही चलचित्र सार्वजनिक भइसके । अनुभवी कलाकार अभिनित भएर पनि चलचित्र चर्चामा रहन सफल भएको हो । 

सुशील र बर्षाको आकर्षक रोमान्स समेत समेटिएको चलचित्रमा राजेन्द्र केसी, ओम बज्राचार्य र सूर्याश खड्का निर्माता रहेका छन् ।
चलचित्रका धेरैजसो दृश्य हेटौंडामा सुटिङ गरिएको छ । हेटौडाका आकर्षक दृश्यले भरिएको चलचित्र हेरुन्जेल मज्जाले टाइम पास हुने निर्माण पक्षले बताउदै आएको छ ।

चलचित्रले दर्शकलाई छिनमै हसाउने र छिनमै भाबुक बनाउदै रुहाउने निर्माता सुदीपले बताए । वर्षा र सुशीलको अलवा चलचित्रमा मौसमी मल्ल, जेबीका कार्की र नागेन्द्र रिजालको पनि अभिनय रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप