शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपथ्यले ल्यायो आइफोनबाट खिचेको भिडियो ‘घरको कुरा’

मङ्गलबार, १३ असार २०७४, २० : ३२
मङ्गलबार, १३ असार २०७४

काठमाडौं– नेपथ्यको २५ वर्षे उत्सवको कोसेली श्रृृंखला स्वरुप आइफोनबाट खिचेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रयोग भएको गीत ‘घरको कुरा’ सन् २००४ को जून महिनामा लेखिएको हो । जुन गीतलाई नेपथ्यले २००५ मा आफ्नो छैटौ एल्बम ‘घटना’ समावेश गरेको थियो । 

२००४मा नेपाल लडाईंको चपेटामा रहेकाबेला अमेरिका यात्राको बेला लेखिएको यो गीतको भिडियो नेपथ्यले २०१६ मा अमेरिका यात्रा गर्दा आईफोनबणट खिचिएको दृश्यहरु राखेको छ । 

‘अमेरिका यात्रामा आइफोनबाट लिइएको भिडियो गीतका लागि उपयुक्त लागेर भिडियो बनाइएको हो’ गायक अमृतले भने । 

भिडियोमा अमृत बिभिन्न ठाऊँ भौतारी हिँडेको देख्न सकिन्छ  । भिडियोको नेपालयको निर्माणमा पदम बज्रचार्यले दृश्य सम्पादन गरेका हुन् । 

नेपथ्यको छैठौं एल्बम प्रकाशित हुँदा नेपालमा माओवादी युद्ध जारी थियो ।  यस एल्बमलाई समालोचकहरुले युद्धको अभिलेख र शान्तिको लागि सांगीतिक प्रयासको रुपमा चर्चा गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप