बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जेलबाट छुट्ने बित्तिकै खुकुरी प्रहार गरी श्रीमतीको हत्या

मङ्गलबार, १३ असार २०७४, १८ : ५७
मङ्गलबार, १३ असार २०७४

सिरहा – सिरहाको भगवानपुर गाउँपालिकामा आज मंगलबार दिउँसो एक व्यक्तिले खुकुरी प्रहार गरी पत्नीको  हत्या गरेको छ ।


घरायसी बिवादमा दिउँसो ३ बजेतिर भगवानपुर गाउँपालिका १ निवासी बालकृष्ण यादवले खुकुरी प्रहार गरि आफ्नी पत्नी करिव २७ बर्षीया रामकला यादवको हत्या गरेका हुन् । 


घरायसी विवादमा बालकृष्णले प्रहार गरेको खुकुरी घाँटीमा लागेर रामकलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले जनाए ।


श्रीमतिको हत्या गर्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रामकलाको शब पोष्टमार्टमका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको डिएसपी पाण्डेले बताए । 


श्रीमतिको हत्या गर्ने बालकृष्ण लागु औषध मुद्दामा जेल सजाय भुक्तान गरि केही दिनअघि मात्र छुटेको जनाइएको छ । तीन सन्तान रहेका रामकला र बालकृष्णको करिब ९ बर्षअघि बिवाह भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप