शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो डान्स कप युएसएको जजमा अभिनेत्री केकी

मङ्गलबार, १३ असार २०७४, १७ : ४५
मङ्गलबार, १३ असार २०७४

अमेरिका –अमेरिकामा संचालित ‘मेरो डान्स कप युएसए २०१७’ सिजन–२ को निर्णायकमा अभिनेत्री केकी अधिकारी छानिएकी छन् । एमडिसी नामबाट चर्चित यो कार्यक्रम गत २८ अप्रिलदेखि सुरु भएको छ । 

एमडीसी युएसए २०१७ नृत्य प्रतियोगिताका हो । आयोजकले जनाए अनुसार प्रतियोगीताको निर्णायकमा अभिनेता दीलिप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहेका थिए । दीलिप चलचित्रमा ब्यस्त रहेका कारणले कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि केकी छानिएकी हुन् ।

अभिनेत्री केकी जुलाई फष्टमा अमेरिका आउने छिन् । उनी बेलायतबाट अमेरिका आउने बताइएको छ । 

प्रतियोगीताको फाइनल १२ अगस्तमा अमेरिकाको ओहायोमा हुनेछ । अमेरिकाको बिभिन्न राज्यमा छरिएर रहेका किशोर किशोरीको नृत्य प्रतिभा निखार्ने उद्देश्यले कार्यक्रम आयोजना हँुदै आएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप